काठमाडौँ - गोदावरी नगरपालिका वडा न. ८ का उम्मेदवार सुक बहादुर लामाले विगतका २ बर्षमा जनताकालागि उल्लेखनीय काम गरेको बताएका छन् । पिपल आनलाइन टिभीसंगको एक अन्तर्वार्तामा लामाले सो कुरा बताएका हुन् ।
उम्मेदवार लामाले आफु एक विकासप्रेमी नेता भएको दावी गरेका छन् । कोरोनाको महामारीमा समेत जनताकालागि आफु दिनरात खटिएको लामाले बताए ।
पूर्वाधार विकासका काममा अरु वडाको तुलनामा गोदावरी नगरपालिका वडा न. ८ ले ठुलो फट्को मारेको उमेदवार लामाले जानकारी दिए । शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा आफ्नो पालामा धेरै प्रगति भएको उम्मेदवार लामाले जिकिर गरे।
अब युवाहरुलाई देशमै रोजगार दिएर दक्ष युवा ब्यबसाय बनाउने उम्मेदवार लामाको भावी योजना रहेको सुनाए । यस वडालाई अझै राम्रो देख्न चाहने हो भने पुनः एकपटक आफुलाई मतदान गर्न आग्रह गरे ।
पिपल अनलाइनको टिमले गरेको विशेष अन्तर्वार्ता :