असोज २९ गते २०८३ || October 15, 2026

बाढीपीडितको उद्धार तथा राहतका लागि ‘द राइजिङ युवा क्लब’ फिल्डमै खटिँदै


बुधबार, भदौ १० २०८३०४:५५

बाढीपीडितको उद्धार तथा राहतका लागि ‘द राइजिङ युवा क्लब’ फिल्डमै खटिँदै

रसुवा — रसुवाको टिमुरे क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि द राइजिङ युवा क्लब स्वयं फिल्डमा खटिने भएको छ।

क्लबका अध्यक्ष सुरेश डंगोलको नेतृत्वमा बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत वितरण तथा आवश्यक सहयोगमा प्रत्यक्ष रूपमा सहभागी हुने निर्णय गरिएको क्लबले जनाएको छ।

मानवीय सेवाको उद्देश्यसहित सञ्चालन गर्न लागिएको यस अभियानमा क्लबले आफ्नै तर्फबाट सक्दो सहयोग गर्ने बताएको छ। साथै, देश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी मनहरूलाई आर्थिक सहयोगमार्फत अभियानमा साथ दिन क्लबले हार्दिक अपिल गरेको छ।

क्लबले विपद्को यस कठिन घडीमा सानो सहयोगले पनि प्रभावित परिवारका लागि ठूलो राहत बन्न सक्ने भन्दै सबैलाई मानवीय सहयोगका लागि एकजुट हुन आग्रह गरेको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल सहयोग आवश्यक परेमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

📞 सम्पर्क: ९८५१२६९१००

सुरेश डंगोल
अध्यक्ष
द राइजिङ युवा क्लब




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend