असोज २९ गते २०८३ || October 15, 2026

स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुने


मंगलबार, वैशाख २७ २०७९०८:५०

स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुने

काठमाडौं - ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन आयोगले मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भन्दै मौन अवधिको पालनामा ध्यान दिन सबै राजनीतिक दल तथा दलका उम्मेदवारलाई आग्रह गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार राति १२ बजेबाट स्थानीय तह निर्वाचनका लागि मौन अवधि सुरु हुने र सो अवधिमा राजनीतिक दल तथा दलका उम्मेदवारलाई आयोगले तोकेअनुसारको दायरामा रहेर गतिविधि गर्न आग्रह गरेका हुन् ।

राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले मौन अवधिको पालना गर्नुपर्ने आयोगले भनेको छ । मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तत्र्रिmया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने आयोगले भनेको छ ।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान स्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ । यस्तै यो अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाइनेछैन ।

यस्तै मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट सेयर गर्न वा गराउन पाइनेछैन ।


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • # मौन अवधि


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend