असोज २९ गते २०८३ || October 15, 2026
मुलुक छिट्टै विकसित मुलुकमा स्तरोन्‍नति हुँदैछ : प्रधानमन्त्री देउवा

मुलुक छिट्टै नै विकसित मुलुकमा स्तरोन्नति हुँदै : प्रधानमन्त्री शेरबहादुर देउवा


बिहीबार , फागुन २६ २०७८०७:४१

मुलुक छिट्टै नै विकसित मुलुकमा स्तरोन्नति हुँदै : प्रधानमन्त्री शेरबहादुर देउवा

वीरगञ्ज - प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक छिट्टै नै अतिकम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुन गइरहेको बताउनुभएको छ। उद्यम क्षेत्रको विकास र विस्तारका लागि तीनै तहका सरकारले एक आपसमा समन्वय गरेर प्रभावकारी योजनाका साथ कार्य गर्न जरुरी रहेको उहाँको भनाइ छ।

बिहीबार वीरगञ्जमा नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय अधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो।

साना तथा मझौला उद्योगको प्रर्वद्धनका लागि सरकारले छिट्टै नै नयाँ संस्थागत संरचना सहितको विशेष कार्यक्रम कार्यान्वयन गर्न लागेको समेत खुलासा गर्नुभयो। मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार र स्तरोन्नति गर्न आवश्यक रहेको उहाँको भनाइ छ। उहाँले विश्व बजारमा यो एउटा अवसर रहेकाले शिक्षित युवालाई यस क्षेत्रबाट अपेक्षित लाभ उठाउन आग्रह गर्नुभयो।

उपभोग गर्ने वस्तु तथा सेवा विदेशबाट आयात भइरहेकाले मुलुकमा औधोगिकरण र आत्मनिर्भर अर्थतन्त्रको विकासमा चुनौती सिर्जना गरेको उहाँको भनाइ छ। मुलुकभित्रै स्थानीय श्रोत र साधनको परिचालनबाट हाम्रो दैनिक आवश्यकताका वस्तु तथा सेवाको उत्पादन गर्नमा सबैले जोड दिनु पर्ने उहाँको भनाइ छ।

कोभिड–१९ बाट प्रभावित र कमजोर भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्न समग्र औद्योगिक उत्पादनमा वृद्धि गरेर निर्यात प्रबद्र्धनमा जोड दिनुभएको छ। महासंघमा आबद्ध सबै उद्यमी व्यवसायीलाई बन्द भएका उद्यम व्यवसायलाई सुचारु गरेर मुलुकको अर्थतन्त्रलाई पुर्नजीवन दिन आग्रह गर्दै उहाँले सरकारले थप राहत, छुट र सहुलियतका कार्यक्रम कार्यान्वयन गर्ने बताउनुभयो।

सरकारले लघु, घरेलु तथा साना उद्योगको विकासको लागि विभिन्न सहुलियत र सुविधाको व्यवस्था गरेको प्रधानमन्त्री देउवाले बताउनुभयो। कृषिजन्य उद्यमको विकासका लागि विभिन्न योजनाहरु ल्याएकाले यसको समुचित उपयोग गर्दै दिगो विकासका लागि जुट्न उहाँले सबै उद्यमी व्यवसायीलाई आग्रह गर्नुभयो।


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend