असोज २९ गते २०८३ || October 15, 2026

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोगमाथि छलफल हुने


शुक्रबार, फागुन २७ २०७८०४:५४

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोगमाथि छलफल हुने

काठमाडौं - प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोगमाथि छलफल हुने भएको छ। आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोगमाथि छलफल हुने दिन र समय तोकेको हाे।

आइतबारको बैठकको सम्भावित कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख गरिएकाे छ । यसअघिको प्रतिनिधिसभाकाके बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको थियाे । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा प्रमुख प्रतिपक्षी दलका नेकपा (एमाले) पनि सहभागी छ।

महाभियोग सिफारिस समितिमा नेपाली काँग्रेसका मीनबहादुर विक, रामबहादुर विष्ट, नेकपा (माओवादी केन्द्र) यशोदा सुवेदी, रेखा शर्मा, नेकपा (एकीकृत समाजवादी)का कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ, जनता समाजवादी पार्टीबाट प्रमोद साह र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल सदस्य रहेका छन्। 


  • सम्बन्धित विषय:

  • # चोलेन्द्र शम्शेर


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend