असोज २९ गते २०८३ || October 15, 2026

पुनः कोरिया जानेको कामदारको भाषा परीक्षा भदौमा


पिपल अनलाइन
सोमबार, साउन ८ २०८००८:१७

पुनः कोरिया जानेको कामदारको भाषा परीक्षा भदौमा

 काठमाण्डौँ - रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरियामा काम गरी वैधानिक रूपमा फर्किएर पुनः कोरिया जान चाहने नेपाली कामदारका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ ।

सन २०२३ का लागि विशेष कोरियाली भाषा परीक्षा सिबिटी सञ्चालन गर्न लागिएको इपिएस कोरिया शाखाले जनाएको छ । इपिएस शाखाका अनुसार कोरियाको मानव संसाधन विभाग एचआरडीबाट यस्तो परीक्षा सञ्चालन हुँदै छ । यो परीक्षा पास गरेपछि पुनः कोरिया जाने कामदारलाई वैधानिक बाटो खुल्नेछ ।

 एचआरडीबाट प्राप्त नाम समावेश भएकामध्ये इच्छुक नेपाली कामदारले आवेदन दिन सक्नेभएका छन् । इपिएस कोरिया शाखाका अनुसार इपिएस अन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र १ जनवरी २०१० पछि भिसा अवधिभित्रै स्वेच्छिक रूपमा नेपाल फर्किएकाले मात्र पुनः रोजगारीका लागि अवसर पाउने भएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।


  • सम्बन्धित विषय:

  • # पुनः कोरिया जानेको कामदारको भाषा परीक्षा भदौमा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend