असोज २९ गते २०८३ || October 15, 2026

सूचनाको वास्तविक मालिक नागरिक भएको प्रधानमन्त्रीको भनाइ


आइतबार, भदौ ३ २०८०१२:३८

सूचनाको वास्तविक मालिक नागरिक भएको प्रधानमन्त्रीको भनाइ

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचनाको वास्तविक मालिक नागरिक भएको बताउनुभएको छ । १७ औँ राष्ट्रिय सूचना दिवसको अवसरमा सम्बोधन गर्नुहुँदै उहाँले  यस्तो बताउनुभएको हो । 

सूचनाको हक सम्बन्धी कानुन नेपालमा लागू भएको १६ वर्ष पूरा भई १७ औँ वर्ष प्रवेश भएको छ । नेपालमा सूचनाको हकसम्बन्धी कानुन लागू भएको लामो समय हुँदा पनि नागरिकले जुन रूपमा यो अधिकारको व्यापक प्रयोग गर्नुपर्ने हो, त्यसअनुरूप हुन नसकिरहेको उहाँले बताउनुभयो । संविधान र कानुनमा सबै सार्वजनिक निकायमा रहेका सूचनाको हक जनतासम्म पुर्‍याउन सरकारले कानुन निर्माण प्रक्रिया अघि बढाइसकेको बताउनुभयो । 

सबै निकायले कानुन कार्यान्वयनमा सार्वजनिक निकायलाई अझै बढी जिम्मेवार र जबाफदेही बनाउनुपर्ने उहाँको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend