असोज २९ गते २०८३ || October 15, 2026

दसैँमा धरहरा सर्वसाधारणका लागि खुल्ला गर्ने भने पनि निर्माण नसकिँदा रोकियो।


आइतबार, असोज २८ २०८०११:५०

दसैँमा धरहरा सर्वसाधारणका लागि खुल्ला गर्ने भने पनि निर्माण नसकिँदा रोकियो।

दसैँमा सर्वसाधारणका लागि खुल्ला गर्ने भने पनि निर्माण नसकिँदा रोकिएको छ । धरहरा पुनर्निर्माणको काम निर्धारित समयमा नसकिएपछि छैँठौ पल्ट म्याद थपको लागि कम्पनीले प्रस्ताव गरेको छ । धरहरा पुनर्निर्माण गरिरहेको रमन कन्स्ट्रक्सनले तोकिएको समयमा काम नसकिएपछि पुनर्निर्माणको म्याद थप गर्नका लागि प्रस्ताव पठाएको छ ।

पछिल्लो पल्ट थपिएको म्याद यही असोज मसान्तमा सकिने भएपछि काम बाँकी रहेकाले म्याद थपको प्रस्ताव पठाइएको कम्पनीले जनाएको छ । पुनर्निर्माणको जिम्मा पाएको रमन कन्स्ट्रक्सनका  आयोजना प्रबन्धक रमेश पौडेलका अनुसार धरहराको भौतिक प्रगति ९० प्रतिशत भएको छ । बाँकी काम तोकिएको समयमा सम्पन्न नहुने भएपछि कम्पनीले म्याद थपको लागि प्रस्ताव पठाएको उनको  भनाइ छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना तथा कार्यान्वयन इकाई–आवास तथा भवन) का आयोजना उपनिर्देशक कोषनाथ अधिकारीका अनुसार विभागसमक्ष कम्पनीले म्याद थपको लागि प्रस्ताव पठाएको छ। आवश्यक अनुसन्धान गरेर म्याद थप्ने वा नथप्ने भन्ने टुङ्गो लाग्ने उनको भनाइ छ । 


पुनर्निर्माण गरिरहेको कम्पनीसँग सम्झौता तोड्दा बाँकी काम सक्न अर्को कम्पनीसँग सम्झौता गर्दा धरहरा पुनर्निर्माणको म्याद अन्तिम पल्ट पाँचौँ पटक यही असोजको मसान्तमा सकिने गरी थपिएको थियो । अधिकारीका अनुसार कम्पनी प्रस्ताव गरेपनि स्वतः निर्णय हुँदैन । 

उनले भने , कम्पनीले प्रस्ताव गर्नेवित्तिकै म्याद थप गर्ने भन्ने कुरा हुँदैन, के कारणले तोकिएको समयमा सम्पन्न नभएको हो । यसको अध्ययन गरेर मात्र म्याद कति थप्ने, कारबाही गरेर म्याद थप्ने कि के गर्ने भन्ने निर्णयमा पुग्नेछौ । धरहराको बाँकी १० प्रतिशत कामहरू विद्युतीय उपकरणको जडान सम्बन्धी मात्र रहेको आयोजनाले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend