असोज २९ गते २०८३ || October 15, 2026

मेयर बालेन शाह भन्छन् : सम्पदा र संस्कृ तिलाई पु रानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै वृद्धि हुन्छ


बिहीबार , जेठ १० २०८११२:५५

मेयर बालेन शाह भन्छन् : सम्पदा र संस्कृ तिलाई पु रानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै वृद्धि हुन्छ

काठमाडौं - महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन् । आज  बिहीवार काठमाडौंको थायमरुस्थित रत्नकेतु महाबिहार पुनःनिर्माण उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  

मेयर साहले काठमाडौं उपत्यकामा सम्पदाहरुको पुनः निर्माण गर्दा पुरानो शैलीलाई नै महत्व दिएर बनाउनुपर्नेमा जोड दिए । उनले पुरानो शैलीमा सम्पदाहरुको पुनः निर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभइ झनै बढेर जाने बताए । उनले सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने बताए । 

मेयर साहले सम्पदा पुनःनिर्माणका लागि आवश्यक बजेट एकैपटक माग्न पनि वडा अध्यक्षहरुसँग आग्रह गरे । महानगरपालिकाले सम्पदा पुनःनिर्माणको लागि एकै पटक सबै बजेट माग्दा दिँदैन कि भन्ने आशंका नगरी एकैपटक बजेट मागेर सबै पुनःनिर्माणका कामहरु एकैपटकमा सम्पन्न गर्नेगरी काम गर्न उनले आग्रह गरे । 


  • सम्बन्धित विषय:

  • # मेयर र उपमेयर
  • # बालेन शाह


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend