असोज २९ गते २०८३ || October 15, 2026

श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली यूएई प्रस्थान


मंगलबार, चैत १ २०७८०२:४८

श्रममन्त्री  कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली  यूएई प्रस्थान

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्स (यूएई) सेसेल्स र कतारको भ्रमणका लागि सोमबार प्रस्थान गरेको छ ।

नेपाल–यूएई संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा यूएई पुगी अलपत्र परेका नेपालीको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको टोली यूएई प्रस्थान गरेको हो ।

भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा. थानेश्वर भुसाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक रोशन खड्का छन्। मन्त्री श्रेष्ठ नेतृत्वको टोली चैत ८ गते मङ्गलबार स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।


  • सम्बन्धित विषय:

  • # कृष्णकुमार श्रेष्ठ


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend