असोज २९ गते २०८३ || October 15, 2026

विशेष महाधिवेशनले पार्टी विभाजन हुनसक्ने जोखिम


शुक्रबार, पुस १८ २०८२११:५२

विशेष महाधिवेशनले पार्टी विभाजन हुनसक्ने जोखिम

नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशनले पार्टी विभाजनमा जाने भन्दै पार्टी जोगाउन सभापति शेरबहादुर देउवालाई अनुरोध गरेका छन् । शुक्रबार (पुस १८) देउवालाई भेट्न पुगेको टोलीले पार्टी जोगाउन आग्रह गर्‍यो । 

बिहीबार (पुस १७) महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगनगरी विशेष महाधिवेशनको मिति घोषणा गर्नुभएको थियो । त्यसपछि ‘२५ भाइ’ देउवालाई भेट्न पुगेका हुन् ।

उनीहरूले चाँडोभन्दा चाँडो क्रियाशील सदस्यता टुंग्याएर वडा तहको अधिवेशन सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

“विशेष महाधिवेशन एउटा पक्षले मात्र आह्वान गर्दा पार्टी विभाजनको जोखिममा पुगेको छ,” केन्द्रीय सदस्य पुष्पा भुसालले भन्नुभयो , “त्यसैले यो पार्टीको अभिभावकको नाताले पार्टी जोगाउनुस् भनेर हामीले सभापतिज्यूलाई आग्रह गरेका छौँ ।”

उनीहरूले कांग्रेसमा दुई ‘पोल’ बनाएर समन्वयात्मक भूमिका निर्वाह गर्न खोज्नेहरूमाथि प्रहार गर्न थालिएको गुनासो समेत देउवासँग गरेका थिए ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend