असोज २९ गते २०८३ || October 15, 2026

सचिन ढकाललको नाम पनि रास्वपाको समानुपातिक सूचीबाट फिर्ता


शनिबार, पुस १९ २०८२११:५८

सचिन ढकाललको नाम पनि रास्वपाको समानुपातिक सूचीबाट फिर्ता

एफसी चितवनको अध्यक्ष सचिन ढकालले रास्वपाको समानुपातिक उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिनुभएको छ ।

शनिबार फेसबुकमा सन्देश लेख्दै ढकालले रास्वपाको समानुपातिक उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गर्नुभएको हो ।

उहाँ रास्वपाको समानुपातिक सूचीमा खस आर्य पुरूष क्लस्टरको दोस्रो नम्बरमा हुनुहुन्थ्यो । 

उहाँ  समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै नाम फिर्ता लिएको बताउनुभएको छ ।

‘नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,’ ढकालले फेसबुकमा लेख्नुभएको छ ।

उहाँले युवाहरुको सामूहिक नेतृत्वमा सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति भने आफू निरन्तर प्रतिबद्ध रहने बताउनुभएको छ ।

‘साथै आगामी दिनहरूमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी वहन गर्न आवश्यक परेमा सधैँ तत्पर रहेको प्रतिबद्धता पनि यसै जानकारी मार्फत् व्यक्त गर्दछु,’उहाँले भन्नुभएको छ ।

शनिबार नै फिल्म निर्माता आसिफ शाहले पनि समानुपातिक उम्मेदवारबाट नाम फिर्ता लिएको घोषणा गर्नुभएको थियो ।

यसअघि गायिका त्रिसला गुरूङले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend