नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्य सम्पादन समितिको बैठकमा आफू कमजोर र आत्मसमर्पणका लागि तयार हुनु परेको कथा आफू पक्षका पदाधिकारी र नेतालाई शनिबार सुनाउनु भएको छ ।
सम्पर्क कार्यालय बिशालनगरमा बिहान बैठक बोलाउनु भएको उहाँले कांग्रेसमा अहिले देखिएको समस्याको विषय भने पनि खासगरी आफूले सभापति शेरबहादुर देउवाको इच्छाअनुसार कार्यबाहक सभापति पूर्णबहादुर खड्काले प्रस्ताव गरेको महाधिवेशनको नयाँ तालिका र कार्यविधिमा सहमति जनाउनुपरेको बाध्यता खोल्नुभएको हो ।
महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताले विशेष महाधिवेशनमा जाने निधोसहित फरक मत राख्दा सहमति जनाउन नसक्नुको कारणमा उहाँले निर्वाचन पनि आइसकेको कम्जोर तर्क राखेको सुनाउनु भयो।
निर्वाचन पनि आइसकेका कारण विशेष महाधिवेशनको पक्षमा आफू खुल्न नसकेको उल्लेख गर्नुभएका कोइरालाले बैठकमा लाचार बन्नुपरेको बाध्यता सुनाउँदै भन्नुभयो ,‘त्यसकारण पनि संस्थापनले गरेको निर्णयमा सहमत हुनु परेको हो।’