असोज २९ गते २०८३ || October 15, 2026

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न थप समय दिइने


शनिबार, पुस १९ २०८२०२:२१

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न थप  समय दिइने

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्को उम्मेदवार थप्न पाउने बताइएको  छ ।
     
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित यही पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको मनोनयन गरिएकामा त्यसमाथि रुजु भइरहेको बताएको छ ।
     
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा समावेशी समूह  कानूनबमोजिम मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात दलहरुले सच्याएर यही पुस २७ गतेसम्म  पुनः पेस गर्नुपर्नेछ । 


त्यसरी पेस गरिएको संशोधित सूचीमा परेका कुनै पनि उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि थप समय दिइनेछ। 

फिर्ता हुन आवेदन दिइएको उम्मेदवारका बारेमा सम्बन्धित दललाई आयोगले सूचित गर्ने पर्नेछ र दलले अर्को उम्मेदवार पठाउन पाउनेछ ।

आगामी माघ ४ गते बन्दसूची सार्वजनिक गरिनेछ । आम सर्वसाधारणले त्यो सूचीमा रहेका उम्मेदवार कानुनी रुपमा अयोग्य रहेको भनी दाबी विरोध गरेमा छानबिन गरी माघ २० गते अन्तिम नामावली प्रकाशन गरिने आयोगले बताएको छ । उक्त सूची तत्पश्चात परिवर्तन हुने छैन 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend