नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कुमार खड्का र एमाले नेता तथा पर्यटन व्यवसायी पुष्प अधिकारी सहितका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्नुभएको छ । शनिबार पोखरामा आयोजित कार्यक्रममा उहाँहरु पार्टी प्रवेश गर्नुभएको हो ।
खड्का अखण्ड नेपाल पार्टी हुँदै कांग्रेसमा प्रवेश गर्नुभएको थियो । कांग्रेसले पछिल्लो पटक पार्टी उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा उहाँलाई निष्कासन गरेको थियो । उहाँ अखण्डमा हुँदा महिला बालबालिका मन्त्री बन्नुभएको थियो भने कांग्रेस प्रवेश गरेपछि प्रदेशको भौतिक पूर्वाधार मन्त्री हुनुभएको थियो ।
पुष्प रुपाकोट रिसोर्टका सञ्चालक हुनुहुन्छा । सोही कार्यक्रममा लायन्स नेता मिलन थापा पनि कांग्रेस छोडेर रास्वपा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई रास्वपा उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिश झा लगायतले पार्टीमा स्वागत गर्नुभएको छ ।