राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ।
बैठक आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय चःमतिमा सुरु हुने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय समितिका सबै सदस्यहरूको अनिवार्य उपस्थिति माग गरिएको छ। मुख्य एजेन्डामा पार्टीको समायोजन, विस्तार र सुदृढीकरणसम्बन्धी छलफल रहने जानाइएको छ।
रास्वपा,काठमाडौं महानगरपालिका मेयर बालेन शाह र ऊर्जा मन्त्री कुलमान घिसिङबीच पुस १४ गते भएको एकता पश्चात् यो पहिलो केन्द्रीय बैठक हो।
पार्टीका लागि यस बैठकलाई आगामी रणनीति निर्धारण गर्ने महत्त्वपूर्ण बैठकका रूपमा हेरिएको छ ।