असोज २९ गते २०८३ || October 15, 2026

बालेनल शाहले पठाए जाँचबुझ आयोगमा लिखित जवाफ


मंगलबार, पुस २२ २०८२०३:५७

बालेनल शाहले  पठाए जाँचबुझ आयोगमा लिखित जवाफ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जाँचबुझ आयोगमा लिखित जवाफ पठाउनु भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे बुझ्नका लागि आयोगले मेयर शाहलाई लिखित पत्र पठाएको थियो ।

उक्त पत्रको जवाफ शाहले पठाएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताउनु भयो ।

आयोगले बयान लगायतका काम सकेर अब प्रतिवेदन लेखनको काम अघि सारेको छ । आयोगले गतसाता गृहमन्त्री रमेश लेखकको लिखित वक्तव्य र बयान लिएको थियो ।

आयोगले यसअघि नै जेनजी आन्दोलनसँग सम्बन्धित विवरण र अरु तथ्यांकहरू संकलन गरेको थियो । तल्ला तहका सुरक्षा अधिकारीहरूसँगको बयानपछि आयोगले काठमाडौंका तत्कालीन प्रहरी प्रमुख, उपत्यका प्रहरी कार्यालय, प्रहरी मुख्यालयका उच्चपदस्थ अधिकारीहरूसँग बयान लिएको थियो ।

त्यसबाहेक सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका साथै काठमाडौंका प्रमुख जिल्ला अधिकारी, तत्कालिन गृहसचिव, मुख्यसचिव लगायतसँग पनि आयोगले बयान लिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले पनि आफ्ना अधिकारीहरूका साथमा आयोगमा पुगेर बयान दिनुभएको थियो । आयोगले सुरुमै पूर्वगृहमन्त्री रवि लामिछाने लगायतसँग बयान लिएको थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend