असोज २९ गते २०८३ || October 15, 2026

मन्त्रिपरिषद् बैठकका ३५ निर्णयहरु (सुचिसहित )


मंगलबार, पुस २२ २०८२०४:३३

मन्त्रिपरिषद् बैठकका ३५ निर्णयहरु (सुचिसहित  )

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरु  सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै  बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।  सञ्चारमन्त्री खरेलले पुस ११ र २१ गते बसेको मन्त्रिपरिषद्का ३५ निर्णय एकसाथ सार्वजनिक गरेका हुन् । 

सरकारका प्रवक्ता खरेलकाअनुसार सरकारले प्रत्येक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ । त्यस्तै सरकारले नेपालमा भिसा नियमित नगरी बसोवास गर्दै आएका १५ जना विदेशी नागरिकहरूले प्रचलित कानूनअनुसार नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने बिलम्व शुल्क र जरिवाना वापतको दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने निर्णय लिएको छ । मन्त्री खरेलकाअनुसार सरकारले गृह मन्त्रालय अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ ।

1_2.jpg
undefined
2_1.jpg
undefined
11_65.jpg
undefined
3_301.jpg
undefined




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend