असोज २९ गते २०८३ || October 15, 2026

कांग्रेस, एमाले र जसपा नेपालबिच तालमेल, नेकपा बाहिरियो


बुधबार, पुस २३ २०८२११:१५

कांग्रेस, एमाले र जसपा नेपालबिच तालमेल, नेकपा बाहिरियो

राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी(जसपा) नेपालबिच तालमेल हुने भएको छ ।

 नेपाली कमयुनिष्ट पार्टी (नेकपा)सहित तालमेल हुने प्रयास भनिए पनि मिल्न नसकेको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो । यससँगै नेकपा तालमेलबाट बाहिरिएको छ । 

‘नेपाली कम्युनिष्ट पार्टीसँग पनि तालमेल गर्ने प्रयास भएको थियो । उहाँहरूसँग कुरा मिल्न सकेन । अरु तीन शक्तिबीच तालमेल हुने निश्चित भएको छ,’ कांग्रेसका तर्फबाट वार्तामा सहभागी नेता लेखकले जानकारी दिनुभयो ।


लेखकका अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति बनेको लेखकले बताउनु भयो । क्लस्टर पनि टुंगिएको लेखकले जानकारी दिनुभयो ।


जसपा नेपालबाट महन्थ ठाकुरलाई उम्मेदवार बनाउने पनि टुंगिएको नेताहरूले बताउनु भएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend