नेपाली कांग्रेस र नेकपा एमालेसँग मिलेर जाने सम्भावना टुंगिए पनि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाको टिकट बाँड्न थाल्नुभएको छ ।
संयोजक प्रचण्ड र नेता नेपालले बागमती प्रदेशका लागि पुरूषतर्फ सिन्धुपाल्चोकका प्रेम सापकोटा राजेन्द्रलाई उम्मेदवार बनाउनु भएको हो ।
उहाँलाई संयोजक प्रचण्डले बिहान उम्मेदवार सिफारिस गरिएको पत्र दिएर उम्मेदवारी दर्ताका लागि हेटौंडा पठाउनु भएको छ ।