राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को तर्फबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीबाट डा. रामजी रामले उम्मेदवारी फिर्ता लिनुभएको छ । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उहाँले उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभएको हो ।
उहाँले दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै समानुपातिक बन्दसूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरिएको उहाँले बताउनुभयो ।
उहाँले अल्पसङ्ख्यकको आवाज ,दलित अधिकार, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र सुशासनका पक्षमा सधैँझैँ दृढ आवाज उठाइरहने समेत बताउनुभयो ।
उहाँले दलित क्लष्टरबाट उम्मेदवारी दिनुभएको थियो ।
संसद्को कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने मान्यता आफूले नराख्ने उहाँले बताउनु भयो ।