नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापा राष्ट्रियसभा सदस्य बन्ने पक्का भएको छ ।
राष्ट्रियसभातर्फ कोसीको अन्य क्लस्टरमा थापाको मात्रै उमेदवारी परेको छ । उहाँ नेकपा (एमाले) र कांग्रेसका संयुक्त उमेदवार हुनुहुन्छा । नेपाली कम्युनिस्ट पार्टीले उमेदवार बनाएका हेमराज घिमिरे उमेदवारी दर्तामा अनुपस्थित भएपछि थापा निर्विरोध हुनुभएको छ ।