असोज २९ गते २०८३ || October 15, 2026

रवि र बलेन विरुद्ध ओलीको टिप्पणी - अब २० वर्ष चुनाव जित्ने वाला छैनन्


बुधबार, पुस २३ २०८२०५:२५

रवि र बलेन विरुद्ध ओलीको टिप्पणी - अब २० वर्ष चुनाव जित्ने वाला छैनन्

नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावको वातावरण बनाउन माग गर्नुभएको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सरकार आफ्नो दायराभन्दा बाहिर गएर काम गरिरहेको आरोप लगाउनु भयो ।


उहाँले अहिले चुनाव हुनसक्ने अवस्था नरहेको भन्दै संसद् पुनर्स्थापनाको विकल्प नभएको बताउनु भयो । उहाले  सेना परिचालन गर्दैमा शान्तिपूर्ण चुनाव हुन्छ भन्ने नरहेको बताउनु भयो ।

उहाँले  भन्नुभयो ,' सधैँको चुनावमा सेना परिचालन हुन्छ, तर मैले सेना परिचालन गर्न हुँदैन भनेर अपव्याख्या गरेर प्रचार गरियो। सेना परिचालन गर्दैमा चुनाव शान्तिपूर्ण हुन्छ भन्ने होइन। सेना ब्याक फोर्सको रूपमा पछाडि बस्ने हो, बुथ कुरेर बस्ने होइन।

 

सरकारले चुनाव गराए आफूहरू सहभागी हुने र जित्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो , ‘एमाले कांग्रेसले चुनाव जित्ने भए चुनावै नगराउने अरे, अनि फलानाले जित्ने भने मात्रै गराउने अरे ती फलाना फलानाले आउने २० वर्ष चुनाव जित्ने वाला छैन। अब के गर्ने, चुनाव नगराउने ? अब २० वर्ष तिनले चुनाव जित्ने वाला छैनन्, यो भोँपु बजाउनु बेग्लै कुरा हो। म फेरि दोहोर्‍याएर भन्छु चुनाव गराए एमालेले जित्छ।’

यो सरकारले चुनावको वातावरण बनाउन छाडेर हेटौँडामा घर भत्काउन लागेको भन्दै आपत्ति जनाउनु भयो । रवि लामिछानेले नेतृत्वको रास्वपाले काठमाडौंका मेयर बालेन शाहलाई उम्मेदवारको रूपमा अघि सारेको छ।

त्यसबारे उहाँले भन्नुभयो , ‘कि हामीले उहाँहरूले नै जित्नुहुन्छ भन्दिनुपर्ने ? उहाँहरूले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवारले महान् काम गरेको छ, देश बनाएको छ भन्दिनुपर्ने ? बनाउनको दिमाग ठिक ठाउँमा हुनुपर्छ। उन्मादमा नशामा देश बन्दैन।’

यो सरकार डेमोक्रेसी, संविधान, हेटौँडाका घर, सुकुम्वासीको बस्तीसहित भत्काउनेबाहेक कुनै बनाउने काम नगरेको बताउनु भयो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend