असोज २९ गते २०८३ || October 15, 2026

झलनाथको प्रश्न : देश जलाउने अपराधीहरु बाहिर राखेर कसरी चुनाव हुन्छ ?


बुधबार, पुस २३ २०८२०५:५१

झलनाथको प्रश्न : देश जलाउने अपराधीहरु  बाहिर राखेर कसरी चुनाव हुन्छ ?

नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जलाउनेहरुलाई बाहिरै राखेर निर्वाचन हुन नसक्ने बताउनु भएको छ । बुधबार नेपाल राष्ट्रिय अभिभावक संघको २४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो  ।

उहाँले  जेनजी आन्दोलनका क्रममा सरकारी सम्पती जलाउनेहरु अपराधी भएको बताउनु भयो । उनीहरुलाई अन्तरिम सरकारले के गर्छ ? भन्दै प्रश्न गर्नु भयो । ‘अपराधीहरु दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ ?’ उहाँको प्रश्न छ । निर्वाचन देशमा चाहिएको छ तर त्यसका लागि आवश्यक पूर्वाधार नरहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो , ‘सरकारको सम्पती जलाउनेहरु अपराधी हुन् कि होइनन् । यो सरकार जुन चलिरहेको छ, यो सरकारका सामुन्ने अपराधी हुन् कि होइनन् ? यो सरकारले तिनीहरुलाई कारबाही गर्नुपर्छ कि पर्दैन ? अनि ती अपराधीहरुले दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ होला ? यो देशमा । के चुनाव हुन्छ होला, चुनाव भयो भनेपनि के परिणाम आउँछ होला । यो बढो संकटको अवस्था छ । चुनाव त चाहिएको छ । चुनाव गर्नुपर्छ भनेर हामी लागेका छौँ । चुनाव हुनुपर्छ तर पूर्वाधारहरु तयार गर्नुपर्नेछ । ९० हजार बुलेटहरु कब्जा भएका छन् । फर्काइएको छैन । १२ हजार राइफल कब्जा भएका छैनन् । १४ हजार त बन्दी बाहिर गएका छन् । ६ हजार आएका छैनन् ।’




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend