असोज २९ गते २०८३ || October 15, 2026

खड्का र लेखक , गगन र विश्वप्रकाशसँग वार्ता गर्ने


सोमबार, पुस २८ २०८२११:१५

खड्का र लेखक , गगन र विश्वप्रकाशसँग वार्ता गर्ने

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले बोलाएको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएसँगै सभापति शेरबहादुर देउवा पक्षले थापा र शर्मासँग छलफल गर्न दुई नेतालाई जिम्मेवारी सुम्पिएको छ ।

 सभापति देउवा निकट स्रोतका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई थापा र शर्मासँग संवाद र छलफलका लागि खटाइएको छ ।

खड्का र लेखकले थापा र शर्मालाई संवादका लागि पटक पटक पहल गरेपनि छलफल हुन नसकेको जनाइएको  छ । 

भृकुटीमण्डपमा बन्दसत्र सुरु भइसकेको छ। बन्दसत्रमा सहभागी हुन महामन्त्री शर्मा महाधिवेशनस्थल पुगिसकेपनि थापा भने यो समाचार तयार पार्दासम्म पुगिसक्नु भएको छैन।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend