असोज २९ गते २०८३ || October 15, 2026

बालेनका लागि दमकमा रास्वपा कार्यकर्ताले भाडामा लिए घर


बिहीबार , माघ १ २०८२०१:१६

बालेनका लागि दमकमा रास्वपा कार्यकर्ताले भाडामा लिए घर

बालेन शाह झापा–५ मा उम्मेदवार बन्ने तयारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उहाँका लागि भाडामा घर खोज्न थालेका छन्।

रास्वपा झापा अध्यक्ष प्रकाश पाठकका अनुसार दमक–३ स्थित क्याम्पस मोड आसपास दुई वटा घर टुंगो लागिसकेको छ। अर्को एउटा घर पनि खोजिरहेको पाठकले जानकारी दिनु भयो ।

‘बालेन शाह झापा–५ बाट उम्मेदवार बन्ने भएपछि उहाँको आवास प्रयोजन, सम्पर्क कार्यालयलाई समेत गरी तीन वटा घर खोजेका हौं। दुइटा टुंगो लागिसकेको छ,’ पाठकले भन्नु भयो ।

पाठकका अनुसार रास्वपाका नेता–कार्यकर्तासहित एउटा समूह आज झापा–५ पुग्दैछ।

बालेन चुनाव लड्ने भएपछि उहाँनिकट केही इन्फ्लुएन्सरहरूले सर्भेक्षण पनि गरिरहनु भएको छ ।  प्रारम्भिक सर्भेक्षण यसअघि पनि गरेको उहाँहरूले बताउनु भएको छ । चुनाव लड्ने भएपछि उहाँले काठमाडौं महानगर मेयरबाट राजीनामा दिने तयारी गर्नु भएको छ ।

झापा–५ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। यस क्षेत्रमा ओली २०६४ मा बाहेक पराजित हुनु भएको छैन ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend