असोज २९ गते २०८३ || October 15, 2026

‘विधि र पद्धतिबाहिर गएर आयोगले निर्णय गर्दैन’:रामप्रसाद भण्डारी


शुक्रबार, माघ २ २०८२११:५०

‘विधि र पद्धतिबाहिर गएर आयोगले निर्णय गर्दैन’:रामप्रसाद भण्डारी

 कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विधि र पद्धतिबाहिर गएर आयोगले निर्णय नगर्ने बताएका छन् ।

शुक्रबार बिहान निर्वाचन आयोग पुगेका नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्तासँग कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सो कुरा बताएका हुन् ।

उनले  भने , ‘‘निर्वाचन आयोगले संविधान, ऐन, कानुनको परिधिमा रहेर आयोगले विश्लेषण गर्छ । विधि र पद्धतिबाहिर गएर आयोगले निर्णय गर्दैन । निर्वाचन कार्यतालिका अनुसारका काममा तपाईँहरु सहभागी हुनुहुनेछ भन्ने आयोगको विश्वास छ ।’’

यसैगरी, देउवा पक्षले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण निर्वाचन आयोगमा बुझाएको  छ ।

आयोगमा दलबलसहित पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्ताक्षर फिर्ताका निवेदनसहितको प्रमाण बुझाएको हो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend