असोज २९ गते २०८३ || October 15, 2026

पृथ्वीसुब्बा गुरुङ एमालेका उपाध्यक्ष लमजुङबाट उम्मेदवार


आइतबार, माघ ४ २०८२१०:५८

पृथ्वीसुब्बा गुरुङ एमालेका उपाध्यक्ष लमजुङबाट उम्मेदवार

 नेकपा (एमाले) का उपाध्यक्ष एवम् निवर्तमान सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा लमजुङबाट उम्मेदवार बन्ने भएका छन्  । शनिबार भएको केन्द्रीय सचिवालय बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सङ्घीय मन्त्री, गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदै सङ्घीय सञ्चारमन्त्री बन्नुभएका गुरुङ २०४३ सालमा लमजुङमा जनपक्षीय उम्मेदवार हुँदै हालसम्म सात पटक चुनाव लडिसकेका छन्  । केही हार र केही जित निकालेका उनी आठौं पटक अग्निपरीक्षामा उत्रिँदै छन्  ।

विज्ञानमा स्नातक गुरुङ पञ्चायतकालमै राजनीतिमा होमिदै शिक्षक आन्दोलनबाट राजनीतिमा उदाएका हुन् । उनि  पटक पटक पञ्चायतकालमै प्रहरी हिरासतमा परेका थिए  । २०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटार (अनेरास्ववियूको तर्फबाट स्ववियु सचिव हुँदै राजनीतिमा लागेका गुरूङ २०४० मङ्सिरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्ष भएका थिए । उनले  २०३७ मा तत्कालीन नेकपा मालेको सदस्यता लिएका थिए  । एमालेमा सचिव, उपमहासचिव हुँदै हाल उपाध्यक्ष छन्  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend