असोज २९ गते २०८३ || October 15, 2026

सबै काम पूरा गर्न नसके पनि बिगारेको केही छैन- महामन्त्री पौडेल


शनिबार, माघ १७ २०८२०२:२३

सबै काम पूरा गर्न नसके पनि बिगारेको केही छैन- महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाज सबैभन्दा बढी कांग्रेसले आत्मसात गरेको दाबी गर्नु भएको छ ।

शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरुसमक्षको भेटघाट कार्यक्रमाा बोल्दै उहाँले गत भदौ २३ र २४ गतेको आन्दोलनमा अराजकता मात्रै नभई युवा पुस्ताको आन्दोलनलाई आफूहरुले आत्मसात गरेको जिकिर गर्नु भयो ।

महामन्त्री पौडेलले सुशासन सबै नेपाली जनताले चाहेको भन्दै नागरिक स्वतन्त्रता उपयोग गर्ने कुरामा कतै बन्देज हुनु नहुने बताउनु भयो ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको मुद्दा सबैभन्दा बढी नेपाली काँग्रेसले आत्मसात गरेको उहाँको दाबी छ । आफूले गत निर्वाचनमा बोलेका सबै कुरा गर्न नसके पनि कुनै नराम्रो काम नगरेको बताउनु भयो ।

 सरकारमा रहेर आफूले समस्या र समाधानका उपायहरु केलाएको उहाँको दाबी छ।

'मैले सबै काम गरेँ म भन्दिनँ । कतिपय जति प्रभवकारिता प्रस्तुत गर्न सक्नुपर्दथ्यो, त्यो सकिँदो रहेनछ । कतिपय कुराहरु अनुभवले पनि सिकाउने रहेछ । आज राज्य प्रणालीलाई शत प्रतिशत बुझेको छु भन्दिनँ तर सबै पक्षबाट पहिला भन्दा राम्रोसँग बुझेको छु । सुधार कहाँ कहाँ गर्नुपर्ने हो, समाधान के हो भन्नेमा म स्पष्ट छु। मैले पहिला सबै गरेँ भन्दिनँ तर केही बिगारेको पनि छैन,' उहाँले भन्नुभयो ।

महामन्त्री पौडेलले यसअघि जिताउँदा बेलाको जस्तै आफू अहिले पनि त्यस्तै रहेको बताउनु भयो ।

आफूप्रतिको विश्वास आगमी निर्वाचनमा पनि गरिदिन आग्रह गर्नुभयो । उहाँले नयाँ पन खोजिएको अवस्थामा नयाँ फेरिने मात्रै नभइ परिणाम सकारात्मक खोजिएको बताउनु भयो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend