नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू विदेश जान नपर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । काठमाडौँ क्षेत्र नम्बर ४ मा शनिबार आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपालमै रोजगारी सिर्जना गरिने र युवालाई स्वदेशमै काम उपलब्ध गराइने बताउनु भयो ।
थापाले काठमाडौँका फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्नेहरूको भविष्य सुरक्षित गरिने उल्लेख गर्दै कसैको बाँच्ने आधार नखोसिने स्पष्ट पर्नु भयो ।उहाँले काठमाडौँमा फुटपाथ मजदुरहरूको गाँस खोसिने अवस्था आउन नदिइने बताउनु भयो ।