नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई संसद र सडक दुवै ठाउँमा सक्रिय रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन्। बिहीबार आयोजित बैठकमा उनले वर्तमान सरकारका कामकारबाहीप्रति प्रभावकारी रूपमा आवाज उठाउन आग्रह गरे।
उनले सांसदहरूले सदनभित्र हुने छलफलमा तथ्य, तर्क र कानुनी आधार प्रस्तुत गर्दै गलत निर्णयको विरोध गर्नुपर्ने बताए। साथै, विषयवस्तुमा गहिरो अध्ययन गरेर मात्र धारणा राख्नुपर्नेमा उनले जोड दिए।
ओलीले निकट भविष्यमा सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने र त्यसमा विज्ञमार्फत प्रशिक्षण दिइने जानकारी पनि दिएका छन्।