असोज २९ गते २०८३ || October 15, 2026

उपसभामुख निर्वाचन र संसदीय रणनीतिबारे लामिछाने–शाही भेटवार्ता


शनिबार, चैत २१ २०८२०१:२८

उपसभामुख निर्वाचन र संसदीय रणनीतिबारे लामिछाने–शाही भेटवार्ता

रवि लामिछाने र ज्ञानेन्द्र शाही बीच शनिबार भेटघाट भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेको निजी निवासमा करिब एक घण्टा चलेको उक्त भेटमा प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको निर्वाचन र संसदभित्रको साझा रणनीतिबारे केन्द्रित छलफल भएको बताइएको छ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने प्रावधानका कारण रास्वपाले अन्य दलहरूसँग सहकार्य गर्नुपर्ने अवस्था देखिएको छ। यसअघि रास्वपाले डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गराइसकेको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend