असोज २९ गते २०८३ || October 15, 2026

निर्वाचन आयोगले भोलि मतदाता नाम दर्ता र अद्यावधिक कार्यक्रम पुनः सुरु गर्दै


शनिबार, चैत २१ २०८२०५:४९

निर्वाचन आयोगले भोलि मतदाता नाम दर्ता र अद्यावधिक कार्यक्रम पुनः सुरु गर्दै

निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुनः सञ्चालन गर्दैछ।

राष्ट्रिय परिचयपत्र (रापट) धारी नेपाली नागरिकले आफ्नो विवरण अनलाइनमार्फत प्रविष्ट गरी नाम दर्ता गर्न सक्नेछन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, राष्ट्रिय परिचयपत्र नबनाएका नागरिकहरूले ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो र औँठाछापसहित जैविक विवरण उपलब्ध गराउनु पर्नेछ। प्रदेश र जिल्ला निर्वाचन कार्यालयमार्फत पनि नाम दर्ता सम्भव हुनेछ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend