गृह मन्त्रालयको पहलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवा विरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको छ।
प्रहरी स्रोतका अनुसार अदालतबाट अनुमति प्राप्त भए पनि उनीहरूलाई पक्राउ गर्ने सम्बन्धमा हालसम्म कुनै औपचारिक निर्देशन वा अनुरोध आएको छैन।
यसैबीच, देउवा दम्पती हाल विदेशमा रहेका छन्। आवश्यक परे उनीहरूलाई अन्तर्राष्ट्रिय आपराधिक प्रहरी सङ्गठन इन्टरपोल मार्फत सूचना जारी गरी नेपाल ल्याउन सकिने गृह मन्त्रालयनिकट स्रोतले जनाएको छ।