असोज २९ गते २०८३ || October 15, 2026

माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार


सोमबार, चैत ३० २०८२१२:११

माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार

पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल विरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा आगामी बुधबार हुने भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पतञ्जली योगपीठ तथा आयुर्वेदका नाममा दिइएको जमिन अनियमितता प्रकरणमा नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुट दिने मन्त्रिपरिषद् तथा विधेयक समितिको २०६६ माघ १८ गतेको निर्णय कार्यान्वयनका लागि मालपोत कार्यालय, काभ्रेपलाञ्चोकमा २०६६ चैत २४ गते मात्र पत्राचार गरिएको देखिएको छ।

तर त्यसअघि नै तत्कालीन प्रधानमन्त्री नेपालको निर्देशनमा सम्बन्धित मन्त्रालयमार्फत उक्त कम्पनीले गैरकानुनी रूपमा प्राप्त गरेको हदभन्दा बढी जग्गासम्बन्धी विषय मन्त्रिपरिषद्मा ठाडो प्रस्तावका रूपमा पेश गरिएको आरोप अख्तियारले लगाएको छ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend