असोज २९ गते २०८३ || October 15, 2026

राजनीतिमा द्वन्द्व र प्रतिशोध होइन, सहमति र सहकार्य आवश्यक: पूर्वराजा ज्ञानेन्द्र शाह


सोमबार, चैत ३० २०८२०५:४९

राजनीतिमा द्वन्द्व र प्रतिशोध होइन, सहमति र सहकार्य आवश्यक: पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाह ले राजनीतिमा निषेध, फुट, द्वन्द्व र प्रतिशोधको भावना त्याग्न आग्रह गरेका छन्।

नयाँ वर्ष २०८३ को अवसरमा भिडियो शुभकामना सन्देश जारी गर्दै उनले जनचाहनालाई मनन गर्दै देशलाई केन्द्रमा राखेर अघि बढ्न सबै सरोकारवालाहरूलाई अपिल गरेका हुन्।

‘उनले भने,निषेध, फुट, द्वन्द्व र विद्रोहले हामी कमजोर हुन्छौं । परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनुहुँदैन।’

पूर्वराजा शाहले संवाद, सहमति र सहकार्यमार्फत सबै पक्षका माग सम्बोधन गर्दै संवैधानिक समाधान खोज्न ढिलाइ गर्न नहुनेमा जोड दिएका छन्।

उनले विगतका वर्षहरूमा निरन्तर विकल्पको खोजी र अभ्यासमै सीमित हुँदा देश प्रयोगशालामा परिणत भएको टिप्पणी गरे। उनका अनुसार राजनीति र राज्य पद्धतिमा धेरै हेरफेर भए पनि ती परिवर्तनहरू कोरा मात्रै सावित भए र राष्ट्रको समृद्धिमा अपेक्षित प्रगति हुन सकेन।

देश हाल विभिन्न समस्याले घेरिएको उल्लेख गर्दै उनले अर्थतन्त्र सुधार गर्न र छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध सुदृढ बनाउन राज्यले ध्यान दिनुपर्ने बताएका छन्।

त्यस्तै, उनले आन्तरिक सुरक्षाको अवस्था नाजुक रहेको औंल्याउँदै नागरिकको जिउधनको सुरक्षा तथा मानवीय अधिकारको प्रत्याभूति सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले भने,‘आन्तरिक सुरक्षा प्रणालीको दृष्टिले मुलुक अत्यन्तै नाजुक अवस्थामा परेको छ । नयाँ वर्षमा जिउधनको सुरक्षा र जीवन जिउने मानवीय सुरक्षाको हक अधिकारको प्रत्याभूति दिनु आवश्यक देखिन्छ।’




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend