असोज २९ गते २०८३ || October 15, 2026

संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक आज, कार्ययोजना र मुद्दामा केन्द्रित छलफल


बिहीबार , वैशाख १० २०८३१२:१३

संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक आज, कार्ययोजना र मुद्दामा केन्द्रित छलफल

प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना हुने बताइएको छ।

बैठकमा विभिन्न राजनीतिक दलहरूले पेश गरेका लिखित धारणा आधारमा पहिचान गरिएका संविधान संशोधनका प्रमुख मुद्दाहरूमा छलफल गरिनेछ। साथै कार्यदलको आगामी कामकारवाहीका लागि प्रस्तावित कार्ययोजनामाथि पनि विस्तृत विमर्श हुने जनाइएको छ।

यसअघि कार्यदलको पहिलो बैठक गत चैत २५ गते सम्पन्न भएको थियो।

कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन आचार्य, नेकपा (एमाले) का तर्फबाट संविधान सभाका सदस्य डा. भीष्मनाथ अधिकारी, नेकपाका तर्फबाट पूर्वकानुनमन्त्री तथा संविधान सभा सदस्य देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाही, तथा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट लगायत सदस्यहरू सहभागी छन्।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend