असोज २९ गते २०८३ || October 15, 2026

हर्क साम्पाङद्वारा संविधान संशोधनका लागि ९ बुँदे प्रस्ताव, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग


बिहीबार , वैशाख १० २०८३१२:२८

हर्क साम्पाङद्वारा संविधान संशोधनका लागि ९ बुँदे प्रस्ताव, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग

सङ्घीय संसद्का सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले संविधान संशोधनका लागि आफ्नो पार्टीको तर्फबाट ९ बुँदे सुझाव सार्वजनिक गरेका छन्।

बिहीबार सार्वजनिक गरिएको प्रस्तावमा देशको शासन व्यवस्था, शक्ति सन्तुलन र समावेशितालाई पुनर्संरचना गर्ने उद्देश्यसहित आमूल परिवर्तनको माग गरिएको छ।

प्रस्तावको मुख्य आकर्षणका रूपमा राईले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति) रहने व्यवस्था अघि सारेका छन्। उनका अनुसार उक्त कार्यकारी प्रमुखले सरकार गठन गर्दा संसद् बाहिरका दक्ष तथा योग्य व्यक्तिहरूलाई समेत समेटेर मन्त्रिपरिषद् बनाउन सक्नेछन्। तर, मन्त्रिपरिषद् गठन गर्दा सबै जाति, समुदाय र लिङ्गको समुचित प्रतिनिधित्व सुनिश्चित गर्दै पूर्ण समावेशी बनाइनुपर्ने सर्त राखिएको छ।

व्यवस्थापिकाको भूमिकाबारे उनले संसद्को कार्य कानुन निर्माण र सरकारको अनुगमन तथा मूल्याङ्कनमा सीमित हुनुपर्ने प्रस्ताव गरेका छन्। साथै, संसद्लाई कार्यकारी प्रमुखको अधिकारको सीमा निर्धारण गर्ने तथा निरंकुशताको परिभाषा तय गर्ने अधिकार दिनुपर्ने उल्लेख गरिएको छ। यदि कार्यकारी प्रमुख निरंकुश बनेमा संसद्ले महाभियोगमार्फत पदमुक्त गर्न सक्ने व्यवस्था हुनुपर्ने पनि प्रस्तावमा समेटिएको छ।

यसका अतिरिक्त, राज्यका सम्पूर्ण संरचनाहरूलाई समावेशी बनाउने विषयमा पनि राईले विशेष जोड दिएका छन्। उनले राजनीतिक पदहरू मात्र नभई नेपाली सेना, नेपाल प्रहरी र सम्पूर्ण कर्मचारीतन्त्रमा सबै जातजाति र समुदायको समान सहभागिता सुनिश्चित गरिनुपर्ने धारणा राखेका छन्।

 

673098725_1623501418865920_6852656621276063194_n_pIBGA3EaIa.jpg
undefined




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend