असोज २९ गते २०८३ || October 15, 2026

ठूला जलविद्युत आयोजनाका लागि सरकारको टाइमलाइन सार्वजनिक, २०९२ सम्मका लक्ष्य तय


आइतबार, वैशाख १३ २०८३०६:२५

ठूला जलविद्युत आयोजनाका लागि सरकारको टाइमलाइन सार्वजनिक, २०९२ सम्मका लक्ष्य तय

सरकारले राष्ट्रिय प्राथमिकताका ठूला जलविद्युत आयोजनाहरूको निर्माण सम्पन्न गर्ने निश्चित समयसीमा तय गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ मार्फत यस्ता आयोजनाहरूका लागि स्पष्ट कार्यतालिका सार्वजनिक गरिएको हो।

रणनीतिअनुसार विभिन्न क्षमताका जलविद्युत परियोजनाहरूलाई समयसीमासहित निर्माण र सञ्चालनमा ल्याउने योजना अघि सारिएको छ। केही आयोजनाहरू २०८४/८५ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने ठूला आयोजनाहरू २०९० पछि मात्रै सकिने प्रक्षेपण गरिएको छ।

मन्त्रालयले उत्पादन वृद्धि मात्र नभई आन्तरिक विद्युत खपत विस्तार र निर्यात प्रवर्द्धनलाई समेत उच्च प्राथमिकतामा राखेको जनाएको छ। आगामी वर्षहरूमा विद्युत उत्पादन उल्लेख्य रूपमा बढ्ने अपेक्षासँगै भारत र बंगलादेशजस्ता देशहरूमा निर्यात विस्तार गर्ने लक्ष्य पनि रणनीतिमा समेटिएको छ।

कुन आयोजना कहिले सम्पन्न हुने?

  • रघुगंगा जलविद्युत आयोजना – ४० मेगावाट – २०८३/८४ भित्र (१०० दिनभित्र)
  • तनहुँ जलविद्युत आयोजना – १४० मेगावाट – २०८५/८६ सम्म
  • माथिल्लो मोदी–ए – ४२ मेगावाट – २०८६/८७ सम्म
  • माथिल्लो मोदी – १८.२ मेगावाट – २०८६/८७ सम्म
  • माथिल्लो त्रिशूली थ्री बी – ३७ मेगावाट – २०८४/८५ सम्म
  • बुढीगण्डकी जलाशययुक्त आयोजना – १२०० मेगावाट – २०९१ सम्म
  • दूधकोशी जलाशययुक्त आयोजना – ६७० मेगावाट – २०९१ सम्म
  • माथिल्लो अरुण – १०६१ मेगावाट – २०९१ सम्म
  • अरुण–४ जलविद्युत आयोजना – ४९० मेगावाट – २०९० सम्म
  • नलगाड जलविद्युत आयोजना – ४१७ मेगावाट – २०९१ सम्म
  • चेनपुर–सेती – २१० मेगावाट – २०८७ सम्म
  • तामाकोशी–५ – ९९ मेगावाट – २०८५ सम्म
  • नौमुरे बहुउद्देश्यीय आयोजना – २१६ मेगावाट – २०९२ सम्म
  • बेतन कर्णाली जलविद्युत आयोजना – ४३९ मेगावाट – २०९० सम्म
  • उत्तरगंगा जलविद्युत आयोजना – ८२८ मेगावाट – २०९२ सम्म




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend