असोज २९ गते २०८३ || October 15, 2026

संवैधानिक परिषद् अध्यादेश पुनः जारी, राष्ट्रपतिको निर्णयपछि राजनीति तरंगित


मंगलबार, वैशाख २२ २०८३१२:५५

संवैधानिक परिषद् अध्यादेश पुनः जारी, राष्ट्रपतिको निर्णयपछि राजनीति तरंगित

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः जारी गरेका छन्। सरकारको सिफारिसमा मंगलबार (वैशाख २२) उक्त अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ।

यसअघि राष्ट्रपति पौडेलले सोही अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए। तर, सरकारले कुनै संशोधन नगरी जस्ताको तस्तै पुनः राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

अध्यादेश फिर्ता भएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले यस विषयमा आफ्नो धारणा स्पष्ट पार्दै लिखित जवाफ राष्ट्रपतिको कार्यालयमा बुझाएका थिए।

अध्यादेश जारी गर्नु अघि राष्ट्रपतिले विभिन्न कानुनविद्सँग परामर्श समेत गरेका थिए। अहिले अध्यादेश पुनः जारी भएसँगै यसको राजनीतिक तथा कानुनी पक्षबारे व्यापक चर्चा सुरु भएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend