असोज २९ गते २०८३ || October 15, 2026

संविधान संशोधनबारे आज पूर्वमहान्याधिवक्तासँग परामर्श


बुधबार, वैशाख २३ २०८३११:३३

संविधान संशोधनबारे आज पूर्वमहान्याधिवक्तासँग परामर्श

संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने उद्देश्यले गठन गरिएको कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरूसँग महत्वपूर्ण छलफल गर्दैछ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको उक्त कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म परामर्श कार्यक्रम आयोजना गरेको हो।

कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार छलफलमा सहभागी पूर्वमहान्याधिवक्ताहरूबाट संविधान संशोधनसँग सम्बन्धित आवश्यक सुझावहरू संकलन गरिनेछ। साथै, प्राप्त सुझावका आधारमा बहसपत्रलाई थप परिष्कृत गर्ने तयारी गरिएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend