असोज २९ गते २०८३ || October 15, 2026

मन्त्रिपरिषद्का चार महत्वपूर्ण निर्णय सार्वजनिक, कार्यविभाजनदेखि भूमिसम्बन्धी नियम संशोधनसम्म


बुधबार, वैशाख ३० २०८३११:४६

मन्त्रिपरिषद्का चार महत्वपूर्ण निर्णय सार्वजनिक, कार्यविभाजनदेखि भूमिसम्बन्धी नियम संशोधनसम्म

सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। सूचना, सञ्चार तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिना ले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्ले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्।

सरकारका अनुसार बैठकले प्रशासनिक सुधार, विद्युतीय शासन प्रणाली सुदृढीकरण तथा सरकारी लगानी व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ। साथै भूमिसम्बन्धी कानुन संशोधनसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरिएको छ।

मन्त्रिपरिषद्का निर्णयहरू यसप्रकार छन्–

–नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने ।

–विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने ।

–सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ, योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने ।

–भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने ।

 
 
 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend