असोज २९ गते २०८३ || October 15, 2026

निर्वाचनमा भाग लिन राजीनामा दिनुपर्ने प्रावधान कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश


मंगलबार, चैत ८ २०७८०८:१०

निर्वाचनमा भाग लिन राजीनामा दिनुपर्ने प्रावधान कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं - सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनको आचारसंहिताविरुद्धको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

मङ्गलबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आचारसंहिताको प्रावधान कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। साथै न्यायाधीश श्रेष्ठले अन्तरिम आदेशबारे छलफलका लागि बोलाउने आदेश गर्नुभएको छ।

सोमबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आचारसंहिताविरुद्ध रिट दर्ता गर्नुभएको थियो।

निर्वाचन आयोगले तयार गरेको आचारसंहितामा पुनः उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने प्रावधान राखिएको थियो।

रिट निवेदनमा जनप्रतिनिधिले निर्वाचन अगावै राजीनामा दिँदा स्थानीय तह रिक्त हुने भएकाले सो प्रवधान हटाउन अन्तरिम आदेश माग गरिएको छ। शेर्पाले दायर गर्नुभएको रिटमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ। सर्वोच्चले चैत १३ गते उक्त मुद्दामा छलफलका लागि उपस्थित हुन दुवैपक्षलाई आदेश गरेको छ।


  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend