असोज २९ गते २०८३ || October 15, 2026

'ब्यक्तिगत समयपनि वडामै बित्छ,यो जनतामा गरेका बाचा पूरा गर्ने बेला हो' : वडा अध्यक्ष लामा (भिडियो)


बिहीबार , फागुन ११ २०७९०१:१६

'ब्यक्तिगत समयपनि वडामै बित्छ,यो  जनतामा गरेका बाचा पूरा गर्ने बेला हो' : वडा अध्यक्ष लामा (भिडियो)

बारा । बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामाले बिकासका कामलाई बिस्तारै निरन्तरता दिन लागेको बताएका छन् । जनताबाट निर्बाचित भएर कुर्सिमा बसेको १० महिना पुगीसक्दा पनि उपलब्धिमूलक काम गर्न नसकेको उनले स्वीकार गरे । कर्मचारीहरुको सरुवा, बढुवाका कामले एक बर्ष जानै लाग्दा अब जनताले देख्नेगरि बिकासको लहर ल्याउने उनले बताए । 

 गत आबको केहि रकम भुक्तानी हुन बाँकी रहेका र तोकिएभन्दा बढी रकमको खाका आएकालेपनि अहिलेको बिकासमा केहि समस्या छ । पिपल अनलाई टिभीसँगको कुराकानीमा वडा अध्यक्ष लामाले नगरपालिकाले पर्यटकियस्थल देखि आन्तरिक स्रोतको पहिचानसम्मका काम गर्न अझै बाँकी रहेको बताए । मेरो ब्यक्तिगत समयपनि अहिले वडामै बित्ने गरेको छ, जनतामाझ जाँदा बोलेका कुराहरु र गरेका बाचा पुरा गराउन अब ढिला गर्ने समय छैन उनले भने । 

यसै बिषयमा रहेर उनीसँग कुराकानी गरेका छौँ :

https://youtu.be/m6klX175Cac


  • सम्बन्धित विषय:

  • # ब्यक्तिगत समयपनि वडामै बित्छ,अहिले जनतामा गरेका बाचा पूरा गर्ने बेला हो : वडा अध्यक्ष लामा (भिडियो कुराकानी)


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend