असोज २९ गते २०८३ || October 15, 2026

'नमोबुद्ध नगर उत्कृष्ट छ,बिकास,रोजगार,पारदर्शितामा अग्रणी भुमिका खेलेका छौँ' :  नगर प्रमुख लामा 


पिपल अनलाइन
बुधबार, चैत १ २०७९०२:४९

'नमोबुद्ध नगर उत्कृष्ट छ,बिकास,रोजगार,पारदर्शितामा अग्रणी भुमिका खेलेका छौँ' :  नगर प्रमुख लामा 

काभ्रे - काभ्रेको नमोबुद्ध नगरपालिका नगर प्रमुख कुनसाङ लामाले बिकासका सबै आधारहरु तयार भईसकेको बताएका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई बिषेश प्राथमिकतामा राखेर काम भईरहेको र नगरपालिकाभरि बिकासका महत्वपुर्ण सडकहरु र खानेपानीका काम सम्पन्न हुनै लागेको पनि बताएका छन् । बिकासका पहिलो प्राथमिकतामा सडक रहेको उनले बताए । अन्य वडा र नगरपालिका जस्तो गरि असारे बिकासमा जोड नदिने प्रतिबद्धता समेत जनाए । निर्वाचित भएर आएको करिव ११ महिना बित्नै लाग्दा पनि बिकासका काम सोचेभन्दा बढी भएको उनले पिपल अनलाईन टिभीलाई जानकारी दिएका छन् । 

स्थानिय युवाहरुलाई स्वरोजगार बनाउन कृषि कार्यक्रमहरु ल्याउने, प्रधानमनत्री स्वरोजगार अभियानलाई प्रस्रय दिने, साना, बाटा, कुलेसाहरुमा बेरोजगारहरुलाई परिचालन गर्ने लगायतका अभियान तिब्र रुपमा अगाडी बढाईएको नगर प्रमुख लामाले बताए । अहिले केहि सडकमा टेन्डरबाट भईरहेको र खानेपानीमा करोडभन्दा बढीको टेन्डर भएर निर्माणको चरणमा रहेको बताए । 

नगरपालिकामा बिषेश रुपमा किसानहरुको लागी चिस्यानकेन्द्र स्थापना भएर ठुलो राहात मिलेको उनले बताए । कृषि क्षेत्रमा टनेला, ट्याक्टर लगायतका अनुदान बितरण भएको र यसले ठुलो राहात किसानमा मिलेको छ । 

नगरपािलकाभित्र शिक्षा क्षेत्रमा ठुलो लगानी गर्न नपरेको प्रमुख लामाले बताए । अहिले कतिपय पुराना भवनहरु तत्काल बनाउनुपर्ने भएपनि अहिलेको अबस्थामा ठुलो लगानी शिक्षामा नपरेको उनले दोहोर्याए । नगरभित्र जम्मा सरकारी बिद्यालयहरु ४० वटा रहेको पनि उनले बताए । सरकारी बिद्यालयमा अहिले बिद्यार्थीहरुको संख्या कम हुँदै गएको उनले बताए । बिद्यार्थीहरु कम भएका बिद्यालयहरु नजिकका बिद्यालयमा मर्ज गरिनुपर्ने उनले बताए । 

 सुरुका अबस्था हेर्ने हो भने अहिले बिकासका काम धेरै नै अगाडी बढेको प्रमुख लामाले बताए । अन्य बिकास तथा पुर्वाधारका काम केके भएका छन् ? शिक्षा देखि खानेपानी र बजेट पारदर्शितामा केकस्तो अबस्था छ ? नगर प्रमुख लामासँग गरिएको कुराकानी सुनौँ 
 


  • सम्बन्धित विषय:

  • # 'नमोबुद्ध नगर उत्कृष्ट छ,बिकास,रोजगार,पारदर्शितामा अग्रणी भुमिका खेलेका छौँ' :  नगर प्रमुख लामा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend