असोज २९ गते २०८३ || October 15, 2026

'सरकार सञ्चालन कार्यबिधी, संघिय नितीनियमले बिकासमा बाधा आउने रहेछ' : दुधौली नगर प्रमुख अधिकारी 


पिपल अनलाइन
शुक्रबार, चैत ३ २०७९०३:१५

'सरकार सञ्चालन कार्यबिधी, संघिय नितीनियमले बिकासमा बाधा आउने रहेछ' : दुधौली नगर प्रमुख अधिकारी 

सिन्धुली - जिल्लाको दुधौली नगरपालिका प्रमुख दिनेश अधिकारीले नगरभित्र धेरै काम सम्पन्न भईसकेको बताएका छन् । नगरभित्र रहेका प्रत्येक वडाहरुमा बिकासका कामहरु भईरहेको र सोचेजति काम भने हुन नसकेको स्वीकार गरे । जनताबाट निर्वाचित भएर आएपछि निति, नियम, सरकार सञ्चालन कार्यबिधी, संघिय निती लगायतका अधिकारमा रहेर पनि नगरभित्र उल्लेख्य काम नभएको नगर प्रमुख अधिकारीले बताए । 

'हामीले नगरभित्र रहेका समस्याहरुलाई नगरसभाबाट केन्द्रिय सरकारसम्म तथा माथिल्लो निकायसम्म लैजाने काम गरेका छौँ, काम तथा बिकास निर्माणमा बाधाहरु आउने गरेका बिषयलाई पनि लिखित रुपमै ध्यानाकर्षण गराएका छौँ' नगर प्रमुख अधिकारीले भने_'नगरभित्र रहेका खानीहरुपनि निति नियम बनाएर चलाउनुपर्छ भनेर आवाजहरु पनि उठाएका छौँ ।'

नगरपालिकाभित्र नगर प्रहरी देखि सुरक्षा तथा मुस्कानसहितका सेवाहरु पनि सुचारु छन् । अहिले बढ्दै गएको बेरोजगारीलाई अन्त्य गर्ने पनि नगरले मुख्य प्राथमिकतामा राखेको छ । अहिले सरकारले नगर देखि पालिकासम्म ल्याएको रोजगारीलाई मुख्य प्राथमिकतामा राखेको बताए । 

नगरपालिकाभित्र शिक्षा क्षेत्र पनि राम्रो रहेको बताए । उनले शिक्षा क्षेत्रमा जम्मा साढे तिन करोड रकम बिनियोजन गरिएको बताए । ७९ वटा बिद्यालयलाई केकसरी काम गर्ने भनेर कार्ययोजना बनाउने, शिक्षामा यो पाच बर्षमा कसरी सुधार गर्न सकिन्छ भनेर छलफल हुने समेत बताए । अहिले पहिलो बर्षमा बिद्यालयभन्दा बाहिर रहेका साना बालबालिकाहरुलाई कसरी बिद्यालयसम्म ल्याउन सकिन्छ भनेर छलफल तथा ईसिडी कक्षा नै सञ्चालन भईरहेको उनले बताए । शिक्षकहरु पनि नगरपलिकाले अनुदान तथा निजी रुपमा राखेर पनि अध्यापन गराउने काम भईरहेको प्रमुख अधिकारीले बताए । बिद्यालयमा आएर पढ्नुपर्छ, भर्ना हुनुपर्छ भनेर जनचेतनामूलक कार्यक्रमहरु भईरहेको समेत उनले बताए । 

बिकास निर्माणका काम ७० देखि ८० प्रतिशतसम्म सम्पन्न भईसकेको उनले बताए । नगरभित्र खानेपानी, सडकका नाला ढलान, सडक निर्माण लगायतका काम निरन्तर भईरहेको छ । बिषेशगरि कृषि क्षेत्रमा पनि लगानी रहेको उनले बताए । शिक्षा, कृषि र सडकका क्षेत्रमा अहिले बिषेशगरि लगानी रहेको समेत उनले जिकिर गरे । 

 


  • सम्बन्धित विषय:

  • # 'सरकार सञ्चालन कार्यबिधी, संघिय नितीनियमले बिकासमा बाधा आउने रहेछ' : दुधौली नगर प्रमुख अधिकारी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend