काठमाण्डौँ - गायक शिव परियारको आवाजमा रहेको 'फूलै फूल दिन्छौ कि' बोलको गित पछिल्लो समय निकै चर्चामा छ । धेरैले रुचाईएको उक्त आधुनिक गित महिला गायिकाको आवाजमा अहिले डिजिटल बजारमा आएको छ ।
चर्चित गायिका अस्मिता अधिकारीको आवाजमा पुनः रेकर्ड गरिएको सो गितमा संगीत संयोजन आशिष-अबिरलले गरेका हुन्। त्यस्तै शब्द रचना भने आनन्द अधिकारीको रहेको छ । निकै चर्चामा रहेको गीतको पुरुष आवाजमा लोकप्रिय गायक शिब परियार गाएका थिए ।
भिडियोमा मोडल प्रभात पल र सोनिका भण्डारीको अभिनय रहेको छ । आशिष अबिरलको कम्पोजमा निर्मित यस गित 'आशिष अबिरल' युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।