असोज ३० गते २०८३ || October 16, 2026

थाक्रेमा बृहत् ल्होछार कार्यक्रम हुँदै, को-को आउँदैछन् कलाकारहरु ? 


पिपल अनलाइन
सोमबार, माघ ९ २०७९०१:१८

थाक्रेमा बृहत् ल्होछार कार्यक्रम हुँदै, को-को आउँदैछन् कलाकारहरु ? 

थाक्रे - मन्जुश्री सम्बत् २८५९औँ ह्योई तावर (बिरालो बर्ग) को अबसरमा थाक्रे गाउँपालिका-६ महादेवबेशी धादिङमा बृहत् सोनाम ल्होछार कार्यक्रम हुनेभएको छ । तामाङ महिला समाजको प्रमुख आयोजना तथा थाक्रे गाउँपालिकाको सहआयोजना हुन गईरहेको कार्यक्रममा राष्ट्रिय तथा ख्यातिप्राप्त स्थानिय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहने तामाङ महिला समाजका अध्यक्ष गंगा लामाले जानकारी दिईन् । 

यहि माघ १४ गते शानिवारका दिन हुन लागेको कार्यक्रममा चर्चित सेलो गायक प्रेम लोप्चन, चर्चित तथा बरिष्ठ गायिका ईन्दिरा गोले, चर्चित लोक तथा दोहोरी गायक रामजि खाँड, चर्चित सेलो गायक प्रकाश तामाङ (तितुङ), चर्चित सेलो गायक उत्सव सुब्बा लामा, भ्वाईस अफ नेपाल सिजन ४ को ब्याटल राउण्डसम्म पुग्न सफल लोक पप गायक सबिन लामा, सेलो तथा दोहोरी गायिका रजनी लामा, सञ्चारकर्मी तथा चर्चित हाँस्यकलाकार एम.जि तामाङ, डान्सर बिपना गोले र रोशनी लामाको बेजोड साँस्कृतिक प्रस्तुतीहरु रहने सञ्चार बिभागका प्रमुख एमजि तामाङले जानकारी दिए । 

अनौपचारिक कार्यक्रमको उद्घोषकमा अन्जु तामाङ,एमजि तामाङ र संगम लामा रहने आयोजक कमिटीका मुल संयोजक जमुना लामाले जानकारी दिईन् । 


  • सम्बन्धित विषय:

  • # थाक्रेमा बृहत् ल्होछार कार्यक्रम हुँदै, को-को आउँदैछन् कलाकारहरु ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend