बारा - बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १३ भौगोलिक हिसावले विकट छ । यहाँ बसोवास गर्ने चेपाङ समुदाय, लोपोन्मुख जातिका ब्यक्तिहरुको बसोवास रहेको यो वडामा बिकासको कुनैपनि तहले छोएको छैन वडा अध्यक्ष सूर्य घलानले भने अब यहाँ बिकासको मूल फूटाउन बाँकी नै छ । अहिलेसम्म हामीले बाटोको बिकास गरिरहेका छौँ भने अन्य बिकासलाई पनि प्राथमिकतामा राखेका छौँ ।
पिपल अनलाईन टिभीसँग गरिएको कुराकानीमा उनले अस्पताल, सार्वजनिक सेवा लगायतका पक्षमा टेन्डर आह्वान भएर प्रक्रियामा रहेको वडा अध्यक्ष सूर्य घलानले बताए ।