असोज २९ गते २०८३ || October 15, 2026

लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगको महामारी


मंगलबार, असार १२ २०८००९:४१

लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगको महामारी

 लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा पशुमा लाग्ने रोग लम्पी स्किन’को प्रकोप देखिएको छ ।  ती जिल्लाहरु   बर्दिया, प्युठान, अर्घाखाँची, गुल्मी, पाल्पा, रोल्पा, रुकुम, बाँके, र पश्चिम नवलपरासी रहेका छन् 
 
पछिल्लो दुई महिना यता यो रोगले भयानक रूप लिएको लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालयले जनाएको छ। लुम्बिनी प्रदेशमा अहिलेसम्म  ७७ हजार ९१३ गाई, भैँसीमा सङ्क्रमण देखिएको निर्देशनालयले   जानकारी दिएको हो । रोगका कारण हालसम्म दुई हजार ८३५ गाई, भैँसीको मृत्यु भएको छ।  प्रदेशका १२ वटा जिल्लामध्ये अहिले सबैभन्दा धेरै रोल्पा जिल्लाका पशुमा यो सङक्रमण देखिएको छ । रोल्पामा अहिलेसम्म २७ हजार पशु सङ्क्रमित भएका छन् भने एक १३९ पशुको मृत्यु भएको छ।


  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend